अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५८ | Colorodo: 06:13

दीपेन्द्र के खनालको ‘आमा’ टेक्ससमा फेब्रुअरी २१ बाट

बिआरटीनेपाल २०७६ फागुन ६ गते १०:३६ मा प्रकाशित

कोलोराडो, यही फागुन ९ अर्थात् फेब्रुअरी २१ बाट रिलिज हुन लागेको दीपेन्द्र के खनालको नेपाली चलचित्र ‘आमा’ अमेरिकाको टेक्सस शहरमा पनि फेब्रुअरी २१ मा नै रिलिज हुने भएको छ, उक्त कुराको जानकारी आत्रेय प्रडक्सनका सुदिप आत्रेयले जानकारी दिएका छन् । आत्रेय प्रडक्सनले उक्त चलचित्र अमेरिकामा प्रदर्शन गर्ने राइट खरिद गरेको छ ।

चलचित्रमा मिथिला शर्मा चलचित्रको शीर्ष भूमिकामा छिन् । उनलाई साथ दिने अन्य कलाकारहरूमा नायिका सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल, मनिष निरौला, लक्ष्मी भुसाल, पदम प्रसाद पौडेल छन् । चलचित्रमा दीपेन्द्र के खनालको छायाङ्कन, लेखन र निर्देशन छ भने निर्मात्री शर्मिला पाण्डे हुन् । दीर्घ खड्काको सम्पादन, सुवास भुसालको सङ्गीत रहेको यो चलचित्रलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका सहायक निर्देशक सन्तोष अधिकारी हुन् ।

अमेरिकाको अन्य सहरमा प्रदर्शनी गर्नु परेमा सुदिपलाई २५४ २१४ ७१८५ मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू