अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

लेखनाथ महोत्सव जारी, आईतवार १ करोडको आर्थिक कारोवार

बिआरटीनेपाल २०७६ पुष ६ गते ८:१८ मा प्रकाशित

कास्कीको लेखनाथमा जारी १६ औं सस्करणको लेखनाथ महोत्सवमा आईतवार १ करोड बराबरको आर्थिक कारोवार भएको छ । महोत्सवको आजमात्रै १० हजार दर्शकले अवलोकन गरेको आयोजक लेखनाथ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवमा कृषि उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ ।

उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पौच पुग्ने र उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि महोत्सव स्थल भित्र राखिएका कृषि तथा पशुपंक्षी जन्य उत्पादन, ताजा तरकारी, माछा, मह, जैविकविविधता र घरेलु हस्ताकलाका उत्पादनमा दर्शकको चासो बढेको हो । महोत्सवमा राखिएको सुन्तलाका स्टलबाट दैनिक एक हजार के.जी भन्दा बढि सुन्तलाको विक्रि हुदै आएको छ ।

महोत्सवको पाचौं दिन सोमबार पनि चर्चित दोहोरी गायकको दोहोरी गीत ,हास्य प्रहसन ,साझ लाईभ पप कन्र्सटको प्रस्तुती रहने प्रचार प्रसार उपसमितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू