अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३२ | Colorodo: 19:47

तिहार सक्किएसँगै नयाँ सभामुखको खोजी सुरु, नेम्वाङ्ग सबैभन्दा अगाडि

बिआरटीनेपाल २०७६ कार्तिक १२ गते २०:५४ मा प्रकाशित

काठमाडौँ, १३ कात्तिक । कृष्णवहादुर महराले सभामुख पद गुमाएपछि रिक्त पदमा कसको चयन हुन सक्ला भन्ने जिज्ञासा सर्वत्र पैदा भएको छ । सभामुख पदमा नेकपाभित्रको पूर्व माओवादीले आफ्नो दाबी प्रस्तुत गर्न सक्ने सम्भावना जति देखिएको छ नेकपाभित्रकै पूर्व एमालेले कुनै हालतमा सभामुख पद नछोड्ने सम्भावना पनि त्यत्ति कै छ । हालसम्म पार्टीभित्र र बाहिर करिब पौने एक दर्जन नेताहरू नाम सम्भावित सभामुखका रूपमा चर्चामा छन् । सुवास नेम्वाङ्ग, सोम प्रसाद पाण्डे, विरोध खतिवडा, हृदयेश त्रिपाठी, पम्फा भुषाल, देव गुरुङ्ग, देवेन्द्र पौडेल, ओनसरी घर्ती र अग्नि सापकोटाको नाम चर्चामा रहेका छन् ।

नेपाली काँग्रेसले समेत सभामुखमा दाबी गरिरहेको छ । सभामुख र उप सभामुख दुई भिन्न दलहरूबाट हुने संवैधानिक व्यवस्था भएकोले राजपाका नेता लक्ष्मण लाल कर्णको नाम पनि सम्भावित उपसभामुखका रूपमा अगाडि आएको छ । सत्तारुढ पार्टीले सभामुख पद नछोड्ने निश्चित भएको र उप सभामुख शिव माया तुम्बाहाम्फेसमेत नेकपाकै पक्षको भएकोले तुम्बाहाम्फेलाई उप सभामुख पदबाट राजीनामा गराएर मन्त्रिमण्डलमा समावेश गरिने या अन्य कुनै महत्त्वपूर्ण जिम्मेवारी दिइने सम्भावना छ । यी नामहरूमध्ये प्रचण्डले चाहेको पहिलो व्यक्ति अग्नि सापकोटा हुन्र । प्रधानमन्त्री केपी ओलीको रोजाइमा सुवास नेम्वाङ्ग परेको श्रोतको भनाइ छ ।

गृहमन्त्री राम बहादुर थापाले देव गुरुङलाई सभामुख बनाउने पक्षमा देखिएका छन् । माधवकुमार नेपालले नाताले सम्धी पर्ने सोम प्रसाद पाण्डेलाई सभामुख बनाउन लागेका छन् । प्रचण्डको प्रथम प्राथमिकतामा अग्नि सापकोटा दोस्रोमा पम्फा भुषाल र तेस्रो प्राथमिकतामा मात्र देव गुरुङ्ग भएको स्रोतले जनाएको छ । दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू