अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

सिस्नुपानी नेपालको देउसी भैलोः नेतालाई गोरुका रुपमा चित्रण

बिआरटीनेपाल २०७६ कार्तिक १० गते २१:४१ मा प्रकाशित

सिस्नुपानी नेपालले समसामयिक विषयमा व्यंग्य कस्दै यस वर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । आईतबार साँझ आयोजित देउसी भैलो कार्यक्रममा पूर्व सभामुख कृष्णबहादुर महराको काण्डलाई लहराको संज्ञा दिँदै भिआईपी अरु पनि कति महराहरु होलान भन्दै कलाकारले व्यंग्य कसेका हु्न् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका राजनीतिक दलका प्रमुख नेताहरुको उपस्थितिमा सिस्नुपानीले प्रज्ञा भवनमा आयोजना गरेको देउसी भैलोमा लाउडा काण्डमा सबै राजनीतिक दलले मिलेर भ्रष्टाचार गरेको दाबी पनि व्यंग्यमार्फत देखाइएको छ । सिस्नुपानी नेपालको कार्यक्रममा कवि अर्जुन पराजुलीले सहरमा बगली बगलीमा लालपूर्जा राखेर गाउँको नाम जप्ने गरिएको भन्दै कवितामार्फत राजनीतिक दलहरुप्रति व्यक्त गर्नुभयो । उनले काँधमा हलो भिरेर तन्दुरी जोत्न पाँच तारे होटल जाने गरेको भन्दै राजनीतिक दलका नेताहरुलाई गोरुको रुपमा चित्रण गरेपछि कार्यक्रममा हाँसोको फोहरा छुटेको थियो ।

हास्य कलाकार मनोज गजुरेलले चिनियाँ नागरिकबाट हुने तस्करीप्रति संकेत गर्दै जोगीको भेषमा व्यंग्य गर्नु भएको थियो । उहाँले ‘उत्तरी दिशाबाट आउने सुन तस्कर गेट बाँधो, दक्षिणी दिशाबाट आउने काला बजारीको सिन्डीकेट बाँधो’ भनेर व्यंग्य कस्दा हल गुञ्जायमान बन्यो । सिस्नुपानी नेपालले दुई दशकदेखि समसामयिक विषयमा व्यंग्य गर्दै देउसी भैलो कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू