अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४० | Colorodo: 19:55

विप्लव समूहका केन्द्रीय नेता लोहनी पक्राउ

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:२२ मा प्रकाशित

नेत्रविक्रम चन्द विप्लव समूहका नेता गुणराज लोहनी पक्राउ पर्नुभएको छ । शिक्षा क्षेत्रसँग सम्बन्धित लोहनीलाई प्रहरीले मंगलबार बिहान भरतपुर महानगरपालिका वडा नम्बर ११ बसेनीबाट पक्राउ गरेको हो । प्रहरी उपरीक्षक दानबहादुर मल्लले लोहनी पक्राउ परेको जानकारी दिनुभयो । प्रहरीले लोहनीलाई पक्राउ गरेर विप्लवको गतिविधिबारे अनुसन्धान गर्न लागेको स्रोतले जनाएको छ ।

लोहनीलाई पार्टीबाट बिदाई गरिएको भनिएपनि पक्राउ गरिएको भन्दै परिवारले आपत्ती जनाएको छ । उहाँलाई प्रहरीले चितवनको भरतपुर महानगरपालिका ११ बसेनीस्थित घरबाट गिरफ्तार गरेको हो ।

लोहनी विप्लव नेतृत्वको ने.क.पा. का केन्द्रीय सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो । तर, उहाँको स्वास्थ्य समस्याका कारण केन्द्रीय समितिमा रहेर काम गर्न नसक्ने भन्दै उहाँलाई पार्टीबाट विदाई गरिएको थियो । लोहनीले चितवन प्रहरीलाई पनि पार्टीले आफूलाई दुई महिना अगाडि नै कारबाही गरिसकेको र हाल स्वतन्त्र नागरिकको रुपमा बसीरहेको प्रारम्भिक बयान दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू