अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 23:35

ब्रेक्जिटबारे नयाँ सम्झौता भएको बेलायतका प्रधानमन्त्री बोरिस जोनसनद्धारा जानकारी

बिआरटीनेपाल २०७६ असोज ३० गते ९:३६ मा प्रकाशित

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायत सरकार र युरोपियन युनियनबीच ब्रेक्जिटको प्रक्रियाबारे सम्झौता भएको बताउनुभएको छ । प्रधानमन्त्री जोनसनले सामाजिक संजाल ट्विटरमार्फत यस्को जानकारी जानकारी दिनुभएको हो ।

ब्रसेल्समा बेलायत र युरोपियन युनियनका वार्ताकारबीच सम्झौता भएको बताइएको छ । जोनसनले लेख्नुभएको छ , ’हामीहरूबीच शानदार नयाँ डील भएको छ । यसले वर्तमान अवस्थालाई नियन्त्रणमा लिएको छ।’ दुवै पक्षका वार्ताकारबीच नयाँ सम्झौता भएपनि कानुनी विषय हेर्नेबारे मस्यौदामा दुवै पक्षले काम गरिरहेका छन् ।

अब उक्त सम्झौता बेलायत र युरोपियन युनियनको संसदबाट पारित हुनुपर्ने प्रक्रिया पूरा गर्नुपर्छ । युरोपियन युनियनका अध्यक्ष ज्या क्लाउड जंकरले नयाँ सम्झौता निष्पक्ष र सन्तुलित भएको बताउनुभएको छ । जंकर र जोनसनले आ– आफ्नो संसदलाई उक्त सम्झौता पारित गरिदिन आह्वान गर्नुभएको छ ।

यसैवीच, प्रतिपक्षी नेता जेरेमी कोर्बेनले नयाँ सम्झौता झन् खतरनाक भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले टेरेजा मेले तय गरेको सम्झौता भन्दा पनि कमजोर भएको टिप्पणी गर्नुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू