अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

बैठक स्थलबाट विप्लवका दाई सहित २१ ठुला नेताहरू पक्राउ

बिआरटीनेपाल २०७६ असोज ३० गते ७:४१ मा प्रकाशित

काठमाडौँ, ३० असोज । नेपाल प्रहरीले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का २१ नेतालाई बैठक स्थलबाटै पक्राउ गरेको छ । दाङ जिल्लाको गढवा गाउँपालिका स्थित एक घरमा बैठक बसिरहेका वेला प्रदेश र जिल्ला प्रहरीको टोलीले छापा हानेर उनीहरूलाई पक्राउ गरेको हो ।

५ नं. प्रदेश प्रहरी कार्यालयका डिएसपी नवराज पोखरेलले नेताहरूलाई पक्राउ गरिएको पुष्टि गरेका छन् । पक्राउ पर्नेमा विप्लव समूहका नेतामा मध्यपश्चिम ब्युरो कमान्डर चन्द्र बहादुर चन्द रहेका छन् ।उनी पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवका दाजु हुन् ।दैनिक नेपालबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू