अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

जापान प्राकृतिक खतरामा

हरि थापा २०७६ असोज २४ गते २०:०९ मा प्रकाशित

जापान, आज जापानमा ई सं १९५८ पछिको सबै भन्दा ठुलो ताईफुं आउँदै छ भन्ने समाचार छ । ई.सं १९५८ मा २०० माइल प्रति घण्टाको बेगमा आएको ताईफुंले १२०० जनाको मृत्यु भएको थियो भने ५० मिलियन अमेरिकन डलर बराबरको धनको क्षति भएको थियो । यसपालि ओकाई क्षेत्रमा केन्द्र बिन्दु रहने यो ताईफुं १६२-२१६ कि. मि. प्रति घण्टाको बेगमा रहने विश्वास गरिएको छ ।

यो टोक्यो र ओशाका तिर बढ्नेछ । यहाँका अन्तर्राष्ट्रिय उडानहरू अहि १२-१३ तारिख सम्म बन्द गरिएको छ । स्थानीय तथा हाई स्पिड रेलसेवाहरु आज बिहान ९ बजे देखि बन्द हुने भएका छन् । शनिवार र आइतबार पनि चल्ने सबै कल कारखाना तथा व्यवसायहरू बन्द भएका छन् । सरकारले विज्ञापनहरू देखाउने होडिङ्ग बोर्डहरूमा ताईफुं सम्बन्धी सूचनाहरू प्रसारण गरी रहेको छ । केही दिन पहिला देखि नै सञ्चार माध्यहरुद्वारा जनताहरूलाई उच्च सतर्कता अपनाउन भनेको छ ।

खाद्य सामाग्री, पानी आदि जगेडा राख्न भनी सक्को छ । जसका कारण हिजो राती देखि नै खुद्रा पसलहरू सामान सिद्धिएर खाली-खली भई सकेका छन् । आज दिउँसो देखि यो हगिबिस नामको ताइफुं सुरु हुने भनिएता पनि आज बिहान देखि नै हवा हुरिका साथ पानी पर्न सुरु भएको छ । ताईफुं सम्बन्धी जानकारी दिनको लागि जापानी मोबाइल कम्पनीहरूले मोबाइल एप्स बनाएका छन् । जुन नेपाली भाषामा पनि उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू