अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५७ | Colorodo: 19:12

टि–ट्वान्टी क्रिकेट सिरिजः नेपालले नेदरल्याण्डलाई ४ विकेटले हरायो

बिआरटीनेपाल २०७६ असोज २० गते ६:०३ मा प्रकाशित

ओमानमा जारी पाँच राष्ट्र सहभागि टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई चार विकेटले पराजित गरेको छ । नेदरल्याण्डले दिएको १३४ रनको लक्ष्य पछ्याएको नेपालले १९ आभर पाँच बलमा लक्ष्य भेटाएको हो।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन जोडे। यस्तै करण केसीले ३१, विनोद भण्डारीले २६, पवन सरार्फले ९ र दिपेन्द्रसिंह ऐरीले ८ रनको योगदान दिए। ओमानको अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्डले १९ ओभार तीन वलमा अल आउट हुँदै १ सय ३३ रन बनाएको थियो।

खेलमा नेदरल्याण्डका लागि म्याक्सवेल प्याट्रिक ओ डोडले ४३, कोलिन एकेर्मानले २९ र एण्टोनियस स्टलले २१ रन जोडे। नेदरल्याण्डलाई सस्तैमा समेट्न नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान चार तथा ललितनारायण राजवंशीले १ विकेट लिएका थिए। यसअघि, नेपालले आफ्नो पहिलो खेलमा आइतबार हङकङलाई चार विकेटले पराजित गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू