अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१४ | Colorodo: 18:29

भारतीय जनता पार्टीका नेता खरातसहित ५ जनाको हत्या

बिआरटीनेपाल २०७६ असोज १९ गते २३:५८ मा प्रकाशित

भारतको महाराष्ट्रमा भारतीय जनता पार्टीका नेता रविन्द्र खरात समेत पाँच जनाको अज्ञात समूहले हत्या गरेको छ । खरातसहित उनका भाइ सुनील र दुई छोराहरु रोहित र प्रेमसागर तथा एक अन्य व्यक्तिको समेत हत्या भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

जसमा दुई जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । आक्रमणकारीले बन्दुक र चक्कुले अन्धाधुन्द आक्रमण गरेका थिए । रविन्द्र खरात भुसावल शहरस्थित समतानगर परिसरमा आफ्नो घरबाहिर बसिरहेका बेला यो हमला भएको हो ।

गोली पड्केको आवाज सुनेपछि उनका भाइ सुनील बाबू राव खरात बाहिर आएका थिए । हमलाकारीले उनीमाथि पनि गोली चलाए । सुनील ज्यान जोगाउन छिमेकीको घरमा घुसेपछि त्यहाँ पनि गोली वर्षाइएको थियो । लगत्तै उनीहरुले रविन्द्रका दुवै छोरा र श्रीमतीमाथि चक्कु प्रहार गरेका थिए । घटनापछि प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू