अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२४
| Colorodo: 07:39
राेशनी शाहीमाथि बलात्कारकाे अभियाेग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरूद्ध उजुरी परेकाे छ ।
महानगरीय प्रहरी वृत्त बानेश्वरमा महराविरुद्ध उजुरी परेकाे प्रहरी स्रोतले जानकारी दिएको छ ।पीडित महिला राेशनी शाही श्रीमान चित्रजंग शाहीसहित महानगरीय परिसर बानेश्वरमा उपस्थित भईमहराविरूद्ध उजुरी दिएकाे बताइएकाे छ ।
प्रहरी प्रवक्ता विश्वराज पाेखरेलका अनुसार महराले बलात्कार प्रयास गराेकाे आराेपमा उजुरी परेकाे छ । बानेश्वर प्रहरी भने यसबारेमा बाेल्न मानेकाे छैन । उच्च स्राेतका अनुसार महरालाई गिरफ्तार गर्न प्रहरीकाे उच्च तहमा छलफल भइरहेकाे छ ।