अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

नेपालसँग भएको मौजदात भारु साटिदिन अर्थमन्त्री खतिवडाको भारतसँग आग्रह

बिआरटीनेपाल २०७६ असोज १७ गते ९:०६ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडा र भारतका वित्तमन्त्री निर्मला सितारमण बीच भेटवार्ता भएको छ । भारतमा भइरहेको विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन पुग्नुभएका अर्थमन्त्री खतिवडाले वित्तमन्त्री सितारमणसँग भारतको वित्तमन्त्रालयमा भेटवार्ता गर्नुभएको हो ।

भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको विकासका लागि भारत सरकारवाट निरन्तर प्राप्त सहयोगका लागि धन्यवाद दिदै द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानीका विषयमा छलफल गर्नुएको बताईएको छ । सो अवसरमा डा. खतिवडाले भारतीय सहयोगमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयन अवस्थाबारे जानकारी पनि गराउनुभयो ।

उहाँले भूकम्प पछिको पुनर्निर्माणका लागि भारतले उपलब्ध गराउने सहुलियतपूर्ण ऋणलाई पूर्वाधार क्षेत्रमा समेत उपयोग गर्ने गरी तय गरिएका आयोजनाहरुको विषयमा जानकारी गराउनुभएको थियो । अर्थमन्त्री खतिवडाले भारत सरकारले भारु ५ सय र १ हजारका नोट प्रचलनमा बन्देज लगाउनु भन्दा पहिले नेपालमा मौज्दात भारु ५ करोडको सटही सम्बन्धमा देखिएको समस्या समाधानका लागि पहल गर्न भारतीय पक्षलाई अनुरोध समेत गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू