अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५० | Colorodo: 13:05

मुलुकको विकाशका लागि उपयुक्त समय– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असार २९ गते ९:५८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय रहेको बताउनुभएको छ । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमूना युवा संसदको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकूल समय भएको बताउनुभएको हो । मुलुकमा युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले जनसंख्यिक लाभको अहिलेको अवसरलाई मुलुकले सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिँड्न तयार भएको उल्लेख गर्नुभयो । नमुना युवा सांसदले युवाहरूमा देश कसरी सञ्चालन गर्ने, विकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरू के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू