अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२८ | Colorodo: 11:43

अफगानिस्तानमा विवाह समारोहमा आत्मघाती आक्रमण, ५ सर्वसाधारणको मृत्यु

बिआरटीनेपाल २०७६ असार २७ गते ८:५१ मा प्रकाशित

अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको पाचिरागाम जिल्लामा भइरहेको एक विवाह समारोहमा भएको आत्मघाती आक्रमणमा परी ५ सर्वसाधारणको मृत्यु भएको छ । विस्फोटमा अन्य कैयौँ घाइते भएका छन् । सर्वसाधारण नागरिकको हत्या नगर्ने दाबी गर्दै आएका तालिवान लडाकू समूहले उक्त आक्रमणको जिम्मा लिन अस्विकार गरेका छन् ।

पाकिस्तानको सीमा क्षेत्रसँग नजिकै रहेको यस इलाका इस्लामिक स्टेट्स (आइएस) लगायतका आतङ्ककारी संगठनको बासस्थानका रुपमा पनि चिनिन्छ । यस आतङ्ककारी संगठनले यसअघि पनि बारम्बार आक्रमण गर्दै आएको थियो ।

स्थानीय समयानुसार शुक्रबार बिहान ८ बजे आत्मघाती बम बोकेका एक आक्रमणकारीले विवाह समारोहमा विस्फोट गराएको नान्गाहार प्रान्तका गभर्नरका प्रवक्ताले जनाएका छन् । विस्फोटको प्रहरीले अनुसन्धान शुरु गरेको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू