अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

फलफुल तथा तरकारीमा विषादीको प्रयोग भयावह नरहेको कृषि मन्त्री खनालको दावी

बिआरटीनेपाल २०७६ असार २७ गते ८:२९ मा प्रकाशित

सरकारका कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले फलफुल तथा तरकारीमा विषादीको प्रयोग भयावह नरहेका े दावी गर्नुभएको छ । काठमाडौंको कालीमाटीस्थित तरकारी बजारमा रहेको केन्द्रीय कृषि प्रयोगशालाको निरीक्षण पछि उहाँले यस्तो दावी गर्नुभएको हो ।

मन्त्री खनालसहित राज्यमन्त्री रामकुमारी चौधरीले शुक्रबार कालीमाटीस्थित कृषि प्रयोगशाला पुगेर तरकारी तथा फलफूलमा विषादी भएरनभएको निरीक्षण गर्ने प्रविधिकोबारेमा जानकारी लिनुभएको थियो । पछिल्लो समय भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर आलोचित भएपछि सरकारका तर्फबाट विषादी मापन गर्ने कृषि प्रयोगशालाको निरीक्षण गरिएको हो ।

कृषिमन्त्री खनालले सरकारसँग पूर्वाधार नभएकाले तत्काल विषादी परीक्षण गर्न सम्भव नभएको बताउनुभयो । प्रयोगशाला पुगेका मन्त्री खनालले केन्द्रीय ल्याबमा १६९ ओटा र अरु दुई समूहका विषादी परीक्षण हुने जानकारी दिनुभयो । उहाँले ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ समूहको विषादी सबै प्रयोगशालामा परीक्षण हुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू