अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५० | Colorodo: 08:05

जर्मनीमा लुके नेपाली कलाकार, युथ थिएटर भन्छ– “ संस्थाको साख गिर्यो”

बिआरटीनेपाल २०७६ असार २७ गते ८:२८ मा प्रकाशित

युथ थिएटर पोखराले जर्मनीमा नाटक पछि सम्पर्कविहीन भएका कलाकारको कारण संस्थाको साख गिरेको बताएको छ । शुक्रबार थिएटरले कलाकार हराएको विषयमा पत्रकार सम्मेलन गरी आधिकारीक जानकारी दिएको हो। लोक नाटक ‘घेरो’ मञ्चन पछि ४ जना कलाकार शर्मिला बस्नेत, सम्झना शर्मा, संरचना पौडेल (अञ्जना) र मधुसुदन पौडेल सम्पर्कविहीन भएका थिए । नाटक मञ्चन गर्न १२ जनाको टोली असार १८ गते जर्मनी गएको थियो ।

शुक्रबार पत्रकार सम्मेलनमा थियटरका अध्यक्ष कपिल शर्माले कलाकार लुकेको विषयमा मानव तस्करी गरेको समाचार प्रकाशन गर्नु गलत भएको बताउनुभयो । जर्मनी जादा सबै कलाकारलाई नेपाल फर्कने प्रतिबद्धता गराएर लगिएको उहाँले स्पष्ट पार्नुभयो ।

शर्माका अनुसार सम्पर्कविहीन कलाकारले आफूलाई सञ्चो नभएको बताएपछि होटेलमा नै आराम गर्न अनुमति दिएको र पछि आउँदा उनीहरु नभएको बताउनुभयो । लुकेको भनिएका मध्ये सम्झना शर्मा पोखरा फर्किसकेकी छन् भने बाँकी ३ जना उतै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू