अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४
| Colorodo: 21:29
गृह मन्त्रालयले तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाको जन्मदिन नेपालमा मनाउन रोक लगाएको छ। तिब्बती समुदायले शनिबार काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा लामाको ८४ औँ जन्मदिन मनाउन लाग्दा गृह मन्त्रालयले रोकेको हो।
जन्मोत्सव मनाउन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालयले मागेको अनुमति काठमाडौँ जिल्ला प्रशासनले अस्वीकार गरेको छ। गत वर्ष भने तिब्बती समुदायले लामाको जन्मोत्सव मनाएको थियो।