अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२४ | Colorodo: 23:39

मिस एसईई युनिभर्सलको ताज विजेता बनिन् दिक्षा

कुवेर गिरी २०७६ असार १५ गते ९:२१ मा प्रकाशित

काठमाडौँ – ‘मिस एसईई युनिभर्सल २०१९’को ताज दिक्षा ढकालले जितेकी छन् । १९ प्रतियोगीलाई पछि पर्दै उनी शीर्ष विजेता बन्न सफल भएकी हुन् । फेसबुक च्वाईस, मस्टपपुलर र मस्टब्युटिफुल उपाधि समेत हात परेकी ढकालले विभिन्न अवसर र पुरस्कार उपहारको रूपमा प्राप्त गरिन् । 

जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा सजिना नेपाल बेस्टस्पिच सहित फस्ट रनर अप, रिया गहतराज मष्ट फोटोजेनिक सहित सेकेन्ड रनर अप चुनिदा प्र निका श्रेष्ठ वेस्ट र्याम्पवाक सहित थर्ड रनर अप र अनुज पुरी वेस्ट डान्स सहित फोर्थी रनरअफ घोषित भए ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट आयोजक रहेको प्रतियोगितामा ममता बलि पब्लिक च्वाई र भ्युवर्स च्वाई, नम्रता थापा बेष्टस्माइल, इसा केसी ब्युटी विथ पर् पस, विविसा लामिछाने मिस ट्यालेन्ट, अदीती सुनुवार वेस्ट मेयर, सञ्चिता लामा वेस्ट स्क्रिन, स्नेह लामा तामाङ मष्ट डिस्पिलिन, किनार मानन्धर वेस्ट पर्सनालीटी, श्रेय श्रेष्ठ मष्ट फ्रेन्डली, बिना घले मष्टचार्मिङ , झरना थापा मगर फेसन आइकन, सलिना बुढाथोकी सोसल वेलफेयर एम्बेसडर, दीक्क्षा राई म्यानेजमेन्ट च्वाइस्, प्रीति खड्का मष्ट एक्टिभ उपाधि विजेता बन्न सफल भए । 

एसईई दिएर बसेका छात्राहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविष्य निर्माणमा बाटो देखाउने प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टका सिइओ प्रीति कार्कीले बताइन् । आकाश गिरीको इभेन्टम्यानेजमेन्टमा आयोजित प्रतियोगिताको सञ्चालन तथा कोरियोग्राफी अश्विनी झाले गरेका थिए ।

अभिनेता रमेश बुढ़ाथोकी, हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट कलेजका प्रमुख रमेश सिलवाल, अध्यापक तथा सङ्गीतकार सरोज प्याकुरेल, अभिनेता ग जित विष्ट, गायक तथा डाक्टर आभास लाभ, आईडीयल स्कुलका संस्थापक पूर्ण लामा, मिसेस् नेपाल इंटरनेशनल तथा मिसेस् एसिया प्यासिफिक चन्दा थापा गिरी प्रतियोगितामा निर्णायक रहेका थिए । विभिन्न साङ्गीतिक धुमधमाका सहित प्रतियोगिता आयोजना भएको थियो ।