अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

मिस्टर एन्ड मिस टिन इन्टरनेशनल २०१८ को उपाधि खेमराज र सिमरनलाई

कुवेर गिरी २०७५ असोज २७ गते ६:५० मा प्रकाशित

काठमाडौँ – ‘मिस्टर एन्ड मिस टिन इन्टरनेशनल २०१८’ को उपाधि खेमराज दुलाल र सिमरन श्रेष्ठले जितेका छन् । खेमराजले फोटोजेनिक सहित मिस्टर तर्फको शीर्ष उपाधि चुम्दा सिमरन क्याटवाक र फोटोजेनिक सहित मिस तर्फको शीर्ष विजेता चुनिइन् । 

शुक्रवार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा अबेर साँझ सम्पन्न प्रतियोगितामा मिस्टर टिन तर्फ र्यापवाक र फेसबुक च्वाइस टाइटल उपाधि सहित सन्तोष कुमार गुप्ता फष्टरनरअफ, कुमार राणा मिस्टर ट्यालेन्ट र पपुलर सहित सेकेन्ड रहनरअप घोषित भए । कार्यक्रममा किरण सापकोटाले भने पब्लिक च्वाइस र युट्युब बेष्टभियुर उपाधिमा चित्त बुझाउनु पर्‍यो ।

त्यस्तै मिस तिज तर्फ इसिका खड्का, प्रजिना मिश्र, उन्नति कटुवाल क्रमशः फस्ट, सेकेन्ड र थर्ड रनरअफ घोषित भए । खड्काले बेष्टस्माइल, मिश्राले बेष्टस्पिच, कुटुवालले मष्टगर्जियस उपाधि समेत हात पर्दा अंजिता ठकुरी पब्लिक च्वाइस र फेसन आइकन उपाधि विजेता बनिन् ।

यही प्रतियोगिता अन्तर्गत भरोसा दाहालले मिस ट्यालेन्ट र फेसबुक च्वाइस, वर्षा सुनुवारले बेष्टडान्स, रिदीमा आरल शाही बेष्टस्कीन, मनीषा गिरीले मष्टपपुलर, म्यानेजमेन्ट च्वाइस र युट्युब बेष्टभ्युर, ईश्वरी श्रेष्ठले मष्टफ्रेण्डी, प्रियङ्का सुब्बाले बेष्टफिजिक र इन्दिरा पन्थले मिस कन्जिनियालिटीको उपाधि हात पार्न सफल भए ।

ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रालीको आयोजना तथा आशिष् मिश्र कार्यक्रम निर्देशक रहेको समारोहमा ‘मिसेस् युनिभर्सल नेपाल २०१८’ समेत छानिएको थियो । 

जसमा सुस्मा लामाले वेस्ट सिङ्गर सहित ‘मिसेस् युनिभर्सल नेपाल २०१८’को ताज हासिल गरिन् । यही प्रतियोगिता अन्तर्गत बेष्टडान्स सहित सुहिना अधिकारी फष्टरनरअप, बेष्टस्माइल सहित रिना खड्गी सेकेन्ड रनर अप र मिसेस् ट्यालेन्ट, पपुलर र फोटोजेनिक सहित सम्झना बस्नेत थर्ड रनरअफ घोषित भए ।

अश्विनी कान्त झाको कोरियोग्राफी र सूचित फुयाँल प्रस्तोता रहेको कार्यक्रममा हिमानी गाँह थापाले पब्लिक च्वाइस सहित फेसबुक च्वाइस र मष्टक्रियटिभ उपाधि आफ्नो पोल्टामा पारिन् ।

यही प्रतियोगितामा सुनैमी थापा राईले बेष्टर्याप वाक, देवी महर्जनले मस्टगर्जियस, दीपिका सुवालले बेष्टपर्सनालिटी र युट्युब बेष्टभ्युर, समि तामाङले भ्लोन बेष्टस्क्रिन, लक्ष्मी लामाले बेष्टहेयर उपाधि हात पर्दा सविना थापा म्यानेजमेन्ट च्वाइस विजेता बनिन् ।

विभिन्न साङ्गीतिक कार्यक्रम सहित सम्पन्न प्रतियोगितामा अभिनेता आयुस रिजाल, गजित विष्ट, सङ्गीतकार सरोज प्याकुरेल, मिसेस् नेपाल इन्टरनेसनल २०१७ विजेता सुरुचि पाण्डे र मिसेस् नेपाल ग्ल्याम २०१८ की विजेता एलिजा महर्जन निर्णायकको रूपमा रहेका थिए ।

सबै प्रतियोगिताको शीर्ष विजेताले विभिन्न गिफ्ट तथा अवसर पुरस्कारको रूपमा प्राप्त गरेका छन् ।