अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४
| Colorodo: 16:09
शनिवार बिहानबाट परेको पानीसँगै लेदो बग्दा पृथ्वी राजमार्ग अबरुद्ध वनेको छ । धादिङको बैरेनी बजार नजिकै सडकमा लेदो बग्दो बिहानैदेखि राजमार्ग अवरुद्ध भएको होे । धादिङको गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारबाट वालुवाखानी जाने शाखा सडकहरु जताभावी खोल्दा पानीसँगै राजमार्गमा लेदो बगेको हो । जसका कारण बैरेनीबजारका घरहरु पनि डुबानमा परेको छ ।
बिहानैदेखि राजमार्ग अवरुद्ध हुदाँ राजधानी जाँदै गरेका र राजधानी हुँदै पूर्व, पश्चिम हिडेका सवारी साधनहरु बीचमा नै रोकिएका छन ।