अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

डेनमार्कमा वामपन्थी सरकार, मेट फ्रेडेरिक्सन प्रधानमन्त्री

बिआरटीनेपाल २०७६ असार ११ गते ९:१६ मा प्रकाशित

उत्तर युरोपेली मुलुक डेनमार्कमा वामपन्थी दलले सरकार बनाउन सफल भएको छ । गत जुन ५ मा भएको चुनावमा पाँचवटा दल सम्मिलित वामपन्थी गठबन्धनले बहुमतको सरकार बनाउन सफल भएको हो । वामपन्थीको विजयसँगै डेनमार्कमा सबैभन्दा कम अर्थात् ४१ वर्षको उमेरमा मेट फ्रेडेरिक्सन प्रधानमन्त्री बन्न सफल हुनुभएको छ ।

यो सँगै डेनमार्क वामपन्थी सरकार भएको तेस्रो उत्तर युरोपेली (नर्डिक) मुलुक भएको छ । यसअघि फिनल्याण्ड र स्वीडेनमा पनि वामपन्थी सरकार बनेका थिए । नर्डिक क्षेत्रका पाँचमध्ये नर्वे र आइसल्याण्ड बाहेक अन्य तीन वामपन्थी सरकार बनेको छ । तीन सातासम्म चलेको वार्तापछि तीन वाम र वामपन्थी झुकाव राख्ने अन्य दलसँग सम्झौता भएपछि डेनमार्कको सोशल डेमोक्रेट नेताका रुपमा मेट्टे फ्रेडेरिकक्सेनले सरकार बनाउने पक्का भएको हो ।

चुनावमा कैयौँ महत्वपूर्ण सहयोगीको हारपछि निवर्तमान लिबरल प्रधानमन्त्री लार्स लोके रासमुसेनको सरकारले विदा लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू