अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१४ | Colorodo: 04:29

साहित्यकार स्वर्गीय प्रेमा शाहको जीवनीमा आधारित डकुमेन्ट्री सार्वजनिक

बिआरटीनेपाल २०७५ पुष २८ गते १०:३९ मा प्रकाशित

नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर स्वर्गीय प्रेमा शाहको जीवनीमा आधारित “सम्झनामा प्रेमा शाह” नामक डकुमेन्ट्री सार्वजनिक भएको छ ।

साहित्यकार नरेन्द्रराज प्रसाइको आलेख, राजन काफ्लेको छायाङकन र सुरेश दर्पण पोखरेलको निर्माण संयोजन रहेको सो बायोपिक डकुमेन्ट्री नेपाली चलचित्रकी सफल अभिनेत्री जल शाहले आफ्नी स्वर्गीय आमा प्रेमा शाहको जीवनका उतार चढाबहरुलाई समेटेर निर्माण गर्नु भएको हो ।

सार्वजनिक डकुमेन्ट्रीमा नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व हरू ले स्वर्गीय प्रेमा शाह को जीवन र लेखन का बारे राखेका धारणा हरूलाई प्रस्तुत गरिएको छ । बि. सं. २००१ सालमा वीरगन्जको श्रीपुरमा जन्मनु भएकी प्रेमा ‘आऊ मलाई सम्भोग गर’ कविता लेखेपछि साहसी महिला साहित्यकारका रूपमा साहित्य क्षेत्रमा उदाउनु भएको थियो भने एउटै सम्भोग नामक कथा लेखेपश्चात् उहाँको चर्चा चुलिएको थियो ।

कथा सङ्ग्रह पहेँलो गुलाब, विषयान्तर, लघु उपन्यास ममी, संयुक्त लेखन उपन्यास आकाश विभाजित छ, हिन्दी नाटक चित्रङदाको नेपाली अनुवाद, बाल कथाहरू मन्टुकी बजैको कथाको पेटारो, जिंकी र जोकर, इन्द्र धनुष रङ्गीचङ्गी कथाहरू, राम्रो काम लेख्नु भएकी प्रेमाका बाल उपन्यासहरू मनु र भँगेरा, आनन्दको आविष्कार, बाल गीतिसंग्रह भाग १ र २ लगायत प्रकाशित कृति छन् । उहाँको गत वर्ष पुस ५ गते उपचारका क्रममा अमेरिकाको साल्टलेक सिटी अस्पतालमा निधन भएको थियो । उहाँ केही समयदेखि छोरी जलका साथ अमेरिका बस्दै आउनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू