अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 19:54

निर्मला हत्या प्रकरणमा बर्खास्त विष्ट र भट्टको निवेदन मन्त्रिपरिषद्मा, पुर्नवहालीको माग

बिआरटीनेपाल २०७५ मंसिर १६ गते १९:१४ मा प्रकाशित

काठमाडौँ – कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्त गरिएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गरेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

उनीहरुले आफूलाई अन्यायपूर्वक बर्खास्त गरिएको दाबीका साथ पुर्नवहालीको माग गर्दै मन्त्रिपरिषद्मा निवेदन दिएका हुन । बर्खास्त गरेको ३५ दिनभित्र पुर्नवहालीको निवेदन दिने प्राब्धान अनुसार उनीहरुले आफूहरुलाई पुर्नवहाली गरी सरकारी सेवामा निरन्तरता दिन माग गरका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू