अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५९ | Colorodo: 20:14

आईएनजीओको सम्मेलनका लागि सरकारले तोड्यो कुटनीतिक परम्परा

बिआरटीनेपाल २०७५ मंसिर १३ गते १९:०८ मा प्रकाशित

काठमाडौं – आईएनजीओको सम्मेलनमा सहभागी हुन विदेशी पाहुना नेपाल आएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । 

तिनको भ्रमणलाई सरकारले औपचारिक बनायो। अझ उपप्रधानमन्त्री नै विमानस्थल पुगेर स्वागत पनि गरे। यो मामिलामा सरकारले कूटनीतिक परम्परा तोडेको छ। यसलाई गम्भीर गल्ती भन्दै राज्य सञ्चालन र कुटनीतिमा सरकार कमजोर देखिएको परराष्ट्र मामिला जानकारहरूले बताएका छन् । जोरबिजोर प्रणाली लागू भएपछि यात्रामा दुःख भोगेका सर्वसाधारणले पनि सरकारको आलोचना गरेका छन्।

सातजना विशिष्ट पाहुनाको स्वागत गर्ने जिम्मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्। सार्क र बिम्स्टेक शिखर सम्मेलनमा झैं यी पाहुनालाई सरकारले उच्च महत्व दिएको छ। जबकि यो सरकारको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रम होइन।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू