अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०२ | Colorodo: 19:17

न्यूजिल्यान्डमा १४५ ओटा ह्वेल मृत भेटिए

बिआरटीनेपाल २०७५ मंसिर १० गते ८:५४ मा प्रकाशित

न्यूजिल्यान्डको एउटा सानो द्वीपको किनारामा कम्तीमा १४५ ओटा ह्वेल मृत अवस्थामा भेटिएका छन् । न्यूजिल्यान्डको सानो द्वीप स्टेवार्ट आइल्यान्डमा शनिबार अपराह्न एकजना यात्री (हाइकर)ले यी मृत ह्वेलको समूह देखेको अधिकारीहरुले जनाएका छन् । स्टेवार्ट आइल्यान्डका लागि संरक्षण विभागका व्यवस्थापक रेन लिप्पेनले बाँचेका ह्वेललाई अन्यत्र लैजान पनि कठिन रहेको बताएका छन् ।

धेरै टाढा, नजिकमा कर्मचारीको अभाव तथा ह्वेलको खस्कँदो अवस्थाका कारण सहज मृत्युवरण गराउनुबाहेक अरु नरहेको बताईएको छ । एक साताभित्रै न्यूजिल्यान्डमा ह्वेलको यो चौथो सामूहिक मृत्यु थियो । न्यूजिल्यान्डका सामुद्रिक किनारामा ह्वेलहरु अलपत्र भेटिने क्रम सामान्य नै हो ।

संरक्षणकर्मीहरुका अनुसार न्युजिल्याण्डमा वर्षमा औसतमा ८५ ओटा घटना ह्वेलसँग जोडिएका हुन्छन् । आइतबार १० ओटा साना आकारका तर निकै हिंस्रक ह्वेलहरु उत्तरी आइल्यान्डमा अलपत्र भेटिएका थिए । तीमध्ये दुईओटाको मृत्यु भइसकेको छ भने बाँचेका अरुको उद्धार गर्ने प्रयत्न जारी रहेको छ ।

ह्वेलहरु र डल्फिन किन अलपत्र हुन्छन् ? भन्ने यथार्थ जानकारी छैन । तर, बिरामी पर्ने, बाटो बिराउने, भौगोलिक अवस्था, ठूल्ठूला छाल, अरु जनावरले गर्ने आक्रमण वा संकटपूर्ण मौसमले समुद्रका यी भीमकाय जनावरको मृत्यु हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू