अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

पोर्चुगलमा ११०औँ लक्ष्मी जयन्ती मनाइयो

बिआरटीनेपाल २०७५ मंसिर ९ गते २०:३५ मा प्रकाशित

पोर्चुगल, राजधानी लिस्वोनमा विविध साहित्यिक कार्यक्रम सहित ११० औँ लक्ष्मी जयन्ती भव्य रूपमा मनाइयो । अन्तर्रासष्ट्रय नेपाली साहित्य समाज (अनेसास), पार्चेुगलको आयोजनामा आयोजित उक्त कार्यक्रमलाई पोर्चुगलका लागि नेपाली पर्यटन दूत, गैर आवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का पूर्व सदस्य तथा एनआरएनए, पोर्चुगलका पूर्व अध्यक्ष तथा अनेसास,पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ्गव्यूले दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रम उद्घाटन पश्चात् सामूहिक रूपमा नेपालको राष्ट्रिय गीत गाएर कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रममा अनेसास पोर्चुगलका सचिव स्पन्दन विनोदद्धारा देवकोटाको जीवनी पढेर सुनाएका थिए भने कार्यक्रममा अनेसास,पोर्चुगलद्धारा पहिलो पटक प्रकाशित अनेसास भित्ते पात्रोको विमोचन समेत गरिएको थियो ।

स्थानीय एभरेष्ट रेष्टुरेण्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा पोर्चुगलमा रहेका बाल बालीका देखी वृद्ध उमेरका विभिन्न साहित्यानुरागीहरुले आ—आफ्नो रचना वाचन गरेका थिए ।

साथमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएका साहित्यकार तथा गीतकार सुनिल सङ्गमलाई विशेष सम्मान र्गिरएको थियो भने अनेसास,पोर्चुगलद्धारा आयोजना गरिएको बाल कविता तथा चित्रकला प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नु हुने साहित्यकार सुनिल सङ्गम, अनेसास,पोर्चुगलका वरिष्ठ उपाध्यक्ष कृष्ण कँडेल “जिज्ञासु”, उपाध्यक्ष कमल सापकोटा, सचिव सबी श्रेष्ठ तथा कोषाध्यक्ष सञ्वय लामा लगायत अन्य विभिन्न प्रतियोगिताहरूमा सहभागी प्रतियोगितामा सहभागी बालबालिकाहरूलाई प्रमुख अतिथिद्धारा प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा अनेसासको २१औँ श्रृङ्खला रचना वाचन कार्यक्रम पनि भएकोले दर्जन भन्दा बढी साहित्यानुरागीहरुले आ—आफ्नो रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रममा अनेसास,पार्चुगलका वरिष्ठ उपाध्यक्ष कृष्ण कँडेल “जिज्ञासु”ले स्वागत मन्तव्य राखेका थिए भने सचिव स्पन्दा विनोदले सञ्चालन गरेको उक्त कार्यक्रम पोर्चुगलको नेपाली डायस्पोरामा क्रियाशील विभिन्न सङ्घ संस्थाका अध्यक्षहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ,पोर्चुगलका अध्यक्ष तथा अनेसास,पोर्चुगलका सल्लाहकार कुविर कार्की,नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष तथा अनेसास,पोर्चुगलकी सल्लाहकार सीता बराल, एनआरएनए,आईसीसी,सदस्य नरेन्द्र बहादुर हमाल, एनआरएनए,पोर्चुगलका पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, नेपाली जनसम्पर्क समिति,पोर्चुगलका अध्यक्ष विनोद घिमिरे, नेपाली सङ्घीय समाज, पोर्चुगलका अध्यक्ष सोम शेर्पा, नवलपुर समाजका अध्यक्ष जय भद्र सापकोटा,गुल्मी समाजका अध्यक्ष, युवराज पन्थी, पत्रकार तथा युरोप नेपाली डट कम अनलाइनका सञ्चालक राजकुमार थापा, नेपाल पत्रकार महासङ्घ, युरोप शाखाका महासचिव योगेन्द्र मिलन छन्त्याल, लगायतका वक्ताहरूले शुभकामना मन्तव्य सहित रचनाहरू वाचन गरेका थिए ।

कार्यक्रमको अन्तमा कार्यक्रमका सभापति तथा अनेसास,पोर्चुगलका अध्यक्ष बाइ.बि. गुरुङज्यूले कार्यक्रम भव्यरुपमा सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूमा विशेष धन्यवाद सहित आफ्रनो छोटो मुक्तक वाचन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू