अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१७ | Colorodo: 19:32

वाईडबडीबारे लेखा समिति ‘साढे ६ अर्ब घोटाला’

बिआरटीनेपाल २०७५ मंसिर ९ गते १८:५७ मा प्रकाशित

काठमाडौं — संसद्को सार्वजनिक लेखा समितिले करिब २४ अर्बको वाईडबडी विमान खरिद प्रक्रियामा ६ अर्ब ५९ करोड घोटाला देखिएको भन्दै यसबारे नेपाल वायुसेवा निगमको लिखित जवाफ मागेको छ ।

मुल्यान्तर, अधिकतम उडानभार कटौती र कमिसनमा गरी उक्त रकम बराबरको घोटाला भएको समितिको दाबी छ ।

समितिले विमान निर्माण कम्पनीसँग किन सिधै खरिद नगरिएको भन्नेलगायत दर्जनौ प्रश्न  गरेको छ ।

वाइडबडी खरिद प्रक्रियामा महालेखाले औंल्याएका कमजोरीमा चित्तबुझ्दो जवाफ नपाइएपछि लेखा समितिले पर्यटन मन्त्रालय र निमग सञ्चालक समितिलार्य लिखित प्रश्न पठाई लिखितै जवाफ माग्ने निर्णय गरेको हो ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू