अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५८ | Colorodo: 19:13

अमेरिकामा पार्टीको क्रियाशील सदस्यता वितरण

बिआरटीनेपाल २०७५ मंसिर ७ गते २१:१८ मा प्रकाशित

न्यु योर्क:-यही नोभेम्बर १७ तारिख २०१८ का दिन नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेस पार्टीबाट प्राप्त क्रियाशील सदस्यता एक भव्य कार्यक्रमको आयोजना गरी वितरण गरेको छ । नेकाका आमन्त्रित केन्द्रीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द विष्टको प्रमुख आतिथ्य र महासचिव मुनीन्द्र नेम्बाङको विशेष उपस्थितिमा वितरण गरिएको उक्त कार्यक्रममा क्रियाशील सदस्यता लिने सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नेका सोलुका युवा नेता एवं प्रदेश सभाका प्रत्यासी श्री प्रकाश सिंह कार्की, सिन्धुपाल्चोकका महासमिति सदस्य श्री जिमी लामा ह्योल्मो र ललितपुर जिल्ला महिलासंधका उपसभापति भगवती शर्मा समेतको बिश्ष उपस्थिति रहेको सो कार्यक्रम न्यु योर्क सहरको स्थानीय ज्याक्सन हाईटमा आयोजना गरेको थियो । वितरण गर्न बाँकी रहेको क्रियाशील सदस्यता च्याप्टरका उपसभापति अमर तामाङ, महासचिव महेश मल्ल र सचिव अनिल पाण्डेको जिम्मामा रहेको कुरा च्याप्टरका सभापति रोशन ढुङ्गानाले सामाजिक सञ्जाल मार्फत आभार प्रकटको क्रममा सबैलाई जानकारी गराएका थिए ।

साथै नोभेम्बर १८ तारिखका दिन सोही स्थानमा न्यु योर्क च्याप्टर कै आयोजनामा नेपाली काँग्रेस सिन्धुपाल्चोकका महासमिति सदस्य युवा नेता विज्ञ श्री जिमी लामा ह्योल्मो” द्घारा सङ्घीय प्रणाली, विधायी प्रणाली र सार्वजनिक नीतिका बारेमा” एक अन्तरक्रिया एवं छलफल कार्यक्रम समेत गरी छुट्टै ढाँचाको कार्यक्रम समेत च्याप्टरले सम्पन्न गरेको थियो ।

नेपाली जनसम्पर्क समिति न्यु योर्क च्याप्टर अमेरिकाको उपसभापति अमर तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त क्रियाशील सदस्यता वितरण कार्यक्रमको सञ्चालन च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए भने स्वागत मन्तव्य सचिव अनिल पाण्डेले गरेका थिए ।

अमेरिकामा लगभग सात सय पचास सङ्ख्यामा क्रियाशील सदस्यता छन् । पार्टीबाट अनुमोदित भएर आएको क्रियाशील सदस्यता सबै च्याप्टरहरूमा पठाई सकेको र छुटेको क्रियाशील सदस्यतालाई चाँडो पार्टीमा सम्पर्क गरी त्यसको समाधान गर्ने कुरा नेतृत्वले बताएको छ ।

 

प्रतिक्रिया