अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०१ | Colorodo: 19:16

शृंखला मिस वर्ल्डको प्रतिस्पर्धामा अगाडि

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ८:३९ मा प्रकाशित

काठमाडौं — यस बर्षको विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल शृखंला खतिवडा अग्रपंक्तिमा देखिएकी छन् ।

बुधबार साँझसम्मको भोटिङमा उनी आफ्ना प्रतिस्पर्धीभन्दा निकै अगाडि छिन् ।

मिस वल्र्ड २०१८ को प्रतिस्पर्धा चीनको सान्या सहरमा जारी छ ।

प्रतियोगितामा एक सय २१ देशका सुन्दरी सहभागी छन् ।

शृंखला उत्कृष्ट ३० मा छनौट भई अन्तिम चरणमा प्रवेश गरिसकेकी छन् ।

मिस वल्र्डका लागि खुला गरिएको भोटका आधारमा उनी बुधबार राति १२ बजेसम्म २८.५५ प्रतिशत मत प्राप्त गरेर पहिलो नम्बरमा छिन् । उनले ७२ हजार एक सय ८४ मत प्राप्त गरेकी छन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू