अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४२ | Colorodo: 19:57

कौडीको भाउमा भाडा

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ८:१६ मा प्रकाशित

काठमाडौँ — सानोठिमी क्याम्पसले मूल सडकसँग जोडिएको १३ रोपनी जग्गा कौडीको भाउमा व्यापारिक प्रयोजनका लागि भाडामा लगाएको छ ।

शिक्षा मन्त्रालयले शैक्षिक प्रयोजनका लागि क्याम्पसलाई भोगचलन गर्न दिएको जग्गा प्रतिरोपनी मासिक ५ सय ९७ रुपैयाँमा १० वर्षका लागि भाडामा दिइएको हो ।

भूकम्पमा स्थानीयले आश्रय लिएको १३ रोपनी जग्गा रेस्टुरेन्ट र क्याटरिङ सञ्चालन गर्न आवश्यक संरचना बनाउने गरी टेन्डर प्रक्रिया पूरा गरेर प्राणनाथ क्याफेलाई दिइएको हो । क्याम्पस र क्याफेबीच असोज २२ मा भएको सम्झौताअनुसार एक रोपनीको वार्षिक ७ हजार १ सय ७५ तिर्नुपर्छ ।

मध्यपुर ठिमी–२, सानोठिमी क्याम्पसको पूर्व, काठमाडौंबाट भक्तपुर जाने पुरानो बाटोको उत्तर, मगरगाउँ जाने पिच बाटोको पश्चिमतर्फको यो जग्गा सानोठिमी फुटबल मैदानअगाडिको मूल सडकसँगैजोडिएको छ,यो खबर आजकोकान्तिपुर दैनिकमा छ ।

शिक्षकलाई राख्न लाखौं खर्चेर बनाएको क्वार्टरसमेत भाडामा दिइएको जग्गाभित्रै पर्छ । क्याम्पस र क्याफेबीच भएको सम्झौतामा क्वार्टरको विषय उल्लेख छैन । सम्झौताअनुसार शिक्षकका लागि बनाइएको क्वार्टरसमेत ठेक्का पाएकै व्यक्तिले उपयोग गर्न पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू