अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१३ | Colorodo: 03:28

अफगानिस्तानको काबुलमा मुसलमान धर्मगुरुहरुको भेलामा विस्फोट, कम्तीमा ५० जनाको मृत्यु

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:५१ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् ।

एक जना आत्मघाती हमलाकारीले हलमा विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल नजिकै रहेको उक्त हलमा विस्फोट भएका बेला कम्तिमा एक हजार मानिस रहेको बताइएको छ । विस्फोटपछि मानिसहरुको भागदौड मच्चिएको थियो । विस्फोटको जिम्मेवारी हालसम्म कसैले पनि लिएको छैन । ईस्लामिक स्टेट र तालिवान लडाकूले यसअघि यस्तै किसिमको आक्रमण गर्दै आएकोले उनीहरुले नै विस्फोट गरेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू