अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०९ | Colorodo: 08:24

इन्टरपोलको अध्यक्षमा दक्षिण कोरियाका किम निर्वाचित

बिआरटीनेपाल २०७५ मंसिर ५ गते ८:४९ मा प्रकाशित

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को नयाँ अध्यक्षमा दक्षिण कोरियाका किम जोङ याङ निर्वाचित हुनुभएको छ । दुबईमा भएको वार्षिक सम्मेलनमा १९४ सदस्य राष्ट्रको मत पाएर याङ निर्वाचित हुनुभएको हो ।

इन्टरपोलको कार्यावाहक अध्यक्ष रहनुभएका याङले रूसका अलेक्जेन्डर प्रोकोपचुकललाई पराजित गर्नुभएको हो । धेरैले अलेक्जेन्डरले चुनाव जित्ने अपेक्षा गरेका थिए तर अन्य कतिपयको भने उहाँले जिते रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचकमाथि निशाना बनाउन सक्ने शंका व्यक्त गरेका थिए ।

२ महिना अघि चीनले इन्टरपोलका अध्यक्षलाई हिरासतमा लिएको थियो । हिरासतबाटै उनले राजीनामा दिएपछि अध्यक्ष पद खाली भएको थियो । याङले २ वर्ष इन्टरपोलको अध्यक्षको रूपमा काम गर्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू