अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

दीपिका र रणवीरको फोटो भाईरल !

बिआरटीनेपाल २०७५ मंसिर १ गते १९:०९ मा प्रकाशित

लामो समयदेखि प्रेममा अल्झिएका बलिउडका चर्चित जोडी नायिका दीपिका पादुकोण र नायक रणवीर सिंहले इटालीमा बिहे गरेका छन् ।

इटालीमा बिहे सम्पन्न भएपछि उनीहरु आफैले ट्विटरमा तस्बिर राखेसँगै उनीहरुको तस्वीर विश्वभर भाइरल बनेको छ । उनका फ्यानहरुले बधाई दिदै आफ्नो सामाजिक सञ्जालमा सजाएका छन् । दीपिका र रणवीरले बिहे गरेको तस्बिर सार्वजनिक भएसँगै उनीहरुलाई वधाइको ओइरो नै लागेको छ ।

उनीहरुको तस्बिरलाई लाखौ दर्शकले लाइक गरेका छन् भने हजारौ वधाइका प्रतिक्रिया आइरहेका छन् । विश्वभरका कलाकारहरुले समेत उनीहरुलाई वधाई दिएका छन् ।

दीपिका र रणवीरको प्रेम चलचित्र ‘रामलिला’को छायांकन सेटबाट सुरु भएको थियो । यसपछि, उनीहरुले ‘बाजीराओ मस्तानी, पद्यमावत’ लगायतका चलचित्रमा काम गरेका थिए ।

दीपिका र रणवीरको जोडीले प्रेमलाई बिहेमा परिणत गरेको भन्दै उनीहरुका फ्यान समेत खुशी भएका छन् । उनीहरुले इटालीबाट फर्किए लगतै मुम्बई र बैंगलोरमा बिहे भोज समेत आयोजना गर्दैछन् । एजेन्सी

प्रतिक्रिया