अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२७ | Colorodo: 13:42

नेविसंंघ विवादले कांग्रेस नेतृत्वसमेत विभाजितः आज २ बजे पुनः बैठक बस्दै

बिआरटीनेपाल २०७५ मंसिर १ गते १९:०० मा प्रकाशित

काठमाडौँ– नेपाली कांग्रेसलाई नेपाल विद्यार्थी संघ (नेविसंघ) को लफडा मिलाउन निकै सकस परेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नेविसंघको महाधिवेशन प्रत्येक दुई वर्षमा हुनुपर्ने भए पनि आन्तरिक विवादका कारण महाधिवेशन नभएपछि झन् रडाको मच्चिएको छ ।

पार्टीले महाधिवेशनका लागि तीन महिना समय थप गरेको थियो । थप तीन महिनामा पनि महाधिवेशन हुने सकेन । फेरि म्याद थप्ने नथप्ने बारे शीर्ष नेताहरुबीच विवाद भयो ।

कांग्रेस शीर्ष नेताहरुबीच नेविसघ भंग गर्ने कि यही कार्यसमितिलाई तदर्थ समिति बनाएर अधिवेशनको वातावारण बनाउने भन्ने बारे शनिबार रातिसम्म सहमति हुन नसकेपछि आइतबार (आज) दिउँसो २ बजेका लागि अर्को बैठक आह्वान गरिएको छ

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू