अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

रुसी हस्तक्षेपबारे डोनाल्ड ट्रम्पले जवाफ दिने क्रम सकियो

बिआरटीनेपाल २०७५ मंसिर १ गते ७:०२ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षअघिको राष्ट्रपतीय चुनावमा भएको भनिएको रुसी हस्तक्षेपका बारेमा जारी अनुसन्धानका क्रममा आफूले जवाफ दिने क्रम सकिएको बताउनुभएको छ । चुनावी हस्तक्षेपका बारेमा विशेष काउन्सिलर रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानका क्रममा राष्ट्रपति ट्रम्ससँग पनि सोधपुछ भएको थियो ।

सन् २०१६ को राष्ट्रपति चुनावमा रुसले ट्रम्पलाई सहयोग हुने गरी हस्तक्षेप गरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग आफूले व्यक्तिगत रुपमा नै प्रश्नहरुको उत्तर दिएको र त्यो निकै सहज रहेको बताउनुभयो । आफ्ना उत्तरहरु मुलरको टिम समक्ष प्रस्तुत गर्न बाँकी रहेको राष्ट्रपति ट्रम्पको भनाई रहेको छ ।

चुनावी हस्तक्षेप तथा ट्रम्पको चुनावी प्रचार अभियान र रुसीबीचको आरोपित साँठगाँठबारे मुलरको टिमले अनुसन्धान गरिरहेको छ । ट्रम्पले रुससँग आफ्नो कुनै साँठगाँठ नरहेको दाबी गर्दै आउनुभएको छ ।

प्रतिक्रिया