अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

योगी आदित्यनाथ जन्ती बनेर जनकपुर आउने

बिआरटीनेपाल २०७५ कार्तिक ३० गते २१:२३ मा प्रकाशित

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ रामजानकी विवाहपञ्चमीमा जन्ती बनेर जनकपुर आउने भएका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विवाहपञ्चमी महोत्सवमा जन्ती बनेर मुख्यमन्त्री योगी आउने टुंगो लागेको बताए ।

मंसिर २६ गते विवाहपञ्चमीमा योगीसहित आउने जन्तीलाई स्वागत गर्न प्रदेश सरकारले तयारी थालेको छ । राम र सीताको विवाहको सम्झनामा हरेक वर्ष मंसिरमा जनकपुरमा विवाहपञ्चमी महोत्सव आयोजना हुन्छ ।

नेपाल र भारतका हजारौं सहभागी रहने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन छ । ‘योगी जनकपुरमा रहँदा उनको सुरक्षा र अन्य बन्दोबस्त मिलाउने गृहकार्य सुरु भएको छ,’ मन्त्री यादवले कान्तिपुरसँग भने, ‘विवाहपञ्चमीलाई भव्य बनाउने तयारी भइरहेको छ ।’

भारतका उच्च पदस्थ व्यक्ति जन्ती बनेर आउने भएपछि प्रदेश सरकारले महोत्सवका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको मुख्यमन्त्री लालबाबु राउतले बताए ।

रामजानकी विवाह महोत्सवमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आफैं जन्ती बनेर आउन इच्छुक थिए ।

उनको जनकपुर भ्रमण अनिश्चित भएपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी र केन्द्र सरकारका रेलमन्त्री सुरेश प्रभु आउन लागेका हुन् । -कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू