सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक सुरक्षा मन्त्री दीर्घ वहादुर सोडारीलाई बर्खास्त गरी उहाको स्थानमा सांसद कृष्णराज सुवेदीलाई मन्त्रीमा नियुक्त गर्नुभएको छ । भट्टले मंगलबार प्रदेश प्रमुख मोहनराज मल्लको उपस्थितिमा नवनियुक्त मन्त्री सुवेदीलाई पद तथा गोपनियताको सपथ समेत ग्रहण गराउनुभएको छ ।
यसअघि, आजै भट्टले पदीय मर्यादा उलंघन गरेको भन्दै सामाजिक सुरक्षा मन्त्रीको भूमिकामा रहनुभएका दीर्घबहादुर सोडारीलाई बर्खास्त गर्नुभएको थियो । उनलाई बर्खास्त गरेलगत्तै प्रदेश सरकारले सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेको हो ।
सोडारीलाई बर्खास्त गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री भट्टले पदीय मर्यादा विपरित गतिविधि गरेको कारण बखास्त गर्नु परेको जानकारी दिनुभयो । पार्टीको निर्देशन अनुसार नै सोडारी बर्खास्तीमा परेको प्रदेश सरकारले जनाएको छ । प्राप्त जानकारी अनुसार नेकपा सुदूर पश्चिम प्रदेशका इच्चार्ज भीम रावलको निर्देशनमा सोडारीलाई मुख्यमन्त्री भट्टले बर्खास्त गर्नुभएको हो ।
यससंगै बर्खास्तीमा पर्ने सोडारी दोस्रो बन्त्री बन्नुभएको छ । यसअघि प्रदेश नम्बर ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापित बर्खास्तीमा पर्नुभएको थियो ।