अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३७ | Colorodo: 22:52

चार घण्टासम्म बसेको मन्त्रिपरिषद्का महत्वपूर्ण निर्णय प्रवक्ताले लुकाए

बिआरटीनेपाल २०७५ कार्तिक २५ गते १९:०४ मा प्रकाशित

काठमाडौं २६ कार्तिक । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका महत्वपूर्ण निर्णय सरकारले लुकाएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार साँझ चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय गुपचुप राखेको हो। बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले महत्वपूर्ण निर्णय गरेको जानकारी दिए। यद्यपी उनले निर्णय भने सार्वजनिक गरेनन्।

बैठकपछि प्रवक्ता बाँस्कोटाले भने, ‘पत्रकार साथीहरु आज मन्त्रिपरिषद बैठक अलि लामो समयसम्म बस्यो। धेरै विषयमा छलफल भयो। आवश्यक निर्णय गरिएको छ। र समयक्रममा तपाईंहरुले थाहा पाइहाल्नु हुनेछ। आजलाई यत्ति नै।’ अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू