अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१३ | Colorodo: 16:28

चीनले बनायो नयाँ जासुसी सफ्टवेयर, अनुहार नदेखेपनि मानिसको पहिचान गर्न सक्ने

बिआरटीनेपाल २०७५ कार्तिक २० गते २०:५५ मा प्रकाशित

चीनमा आम मानिसको निगरानी गर्न नयाँ प्रविधिको विकास गरिएको छ । आर्टिफिसियल इन्टलिजेन्स (एआई)को सहायताबाट नयाँ जासुसी सफ्टवेयर निर्माण गरिएको अधिकारीहरुले जनाएका छन् । यो नयाँ सफट्वेयरले मानिसको अनुहार नदेखेपनि उसको शरीरको आकार तथा हिडडुल गर्ने तरिकाबाट नै व्यक्तिलाई चिन्न सक्नेछ । यसलाई ‘गेट रिकग्निशन’ नाम दिइएकोछ । यो सफ्टवेयले कुनै व्यक्तिलाई भीडको बीचबाट पनि चिन्न सक्छ ।

हालका लागि यो नयाँ प्रविधिलाई बेइजिङ र सांघाईको प्रहरीले प्रयोग गर्न शुरु गरेको छ । तर, यसबाट आम मानिसको व्यक्तिगत जीवन पनि रेकर्ड हुने आशंका समेत व्यक्त गरिएको छ । सफ्टवेयर निर्माता कम्पनी वेट्रिक्सका कार्यकारी अधिकृत हुआङ योझेनका अनुसार, यसबाट ५० मीटर को दूरीमा उभिएको व्यक्तिलाई सजिलैसँग चिन्न सकिन्छ । यो सफ्टवेयरले प्रहरी अनुसन्धानमा विशेष सहयोग पुर्याउन सक्ने कम्पनीको दावी छ ।

यो सफ्टवेयरमा पहिचानको डाटाबेस बनाउन कसैको सहयोगको आवश्यकता पर्दैन । यो यति कुशल छ कि कुनै व्यक्तिले आफ्नो हिँडाई परिवर्तन गरेपनि यसले उसको चाल बुझेर पहिचान गर्न सक्छ । यो प्रविधिमा भिडियोबाट मानिसको फोटो निकालिन्छ । यसको बदलिँदो आकारको विश्लेषण गरेपछि सफ्टवेयरले व्यक्ति हिँडडुल गर्ने एउटा मोडल तयार गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू