अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

तिहारका लागि ६० करोड रुपैयाँभन्दा बढीका झिलिमिली बत्ती नेपालआयात

बिआरटीनेपाल २०७५ कार्तिक २० गते ९:१८ मा प्रकाशित

यो वर्ष तिहारका लागि ६० करोड रुपैयाँभन्दा बढीका झिलिमिली बत्ती नेपाल आयात भएको छ । दीपावलीमा नेपालीका घर–आँगन झिलिमिली पार्न ६० करोड रुपैयाँभन्दा बढीका विद्युतीय सामग्री नेपाल भित्रिएको हो । नियमित प्रयोग हुने बत्तीबाहेक दीपावलीमामात्र प्रयोग गर्न ल्याइएका विद्युतीय सामग्रीमा त्यति खर्च गरिएको हो । अरु समयको तुलनामा यसबेला नियमित बत्तीमा पनि दोब्बर खर्च हुने गर्दछ ।

तिहारको बेला विशेषगरी डिस्को बल्ब, बत्ती बल्ने फोटोफ्रेम, मूर्ति, विद्युतीय मैनबत्ती, रंगीन ट्युबलाइटलगायतका दीपावली सामग्री नेपाल भित्रिने गर्दछन् । दसैंअघिदेखि नै ती सामग्री नेपाल भित्रने गर्दछन् । तिहारमा प्रयोग हुने यस्ता विद्युतीय वस्तु ९० प्रतिशत चीन र १० प्रतिशत भारतबाट भित्रने गरेको नेपाल विद्युत् व्यवसायी महासंघले जनाएको छ ।

व्यवसायीले बत्ती भित्र्याउन तीन महिनाअघिदेखि प्रक्रिया अघि बढाउने गर्दछन् । पहिले–पहिले झाल्लरमा सामान्य बल्ब प्रयोग हुने भएपनि हिजोआज लिडको बल्ब प्रयोग हुन थालेपछि यस्ता सामग्री बढी आयात हुने गरेको महासंघले जनाएको छ । बजारमा १०० रुपैयाँदेखि दुई हजार हाराहारीसम्मका झाल्लर बिक्री भइरहेका छन् । घर, कार्यालय र सार्वजनिक ठाउँमा दीपावलीको समयमा उज्यालो राख्नुपर्ने मान्यताका कारण सबै ठाँउहरुमा झिलिमिली बनाउने गरिन्छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू