अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४३ | Colorodo: 19:58

वैदेशिक रोजगारीमा प्रत्येक दिन ३ नेपालीको मृत्यु

बिआरटीनेपाल २०७५ कार्तिक १७ गते १९:५८ मा प्रकाशित

काठमाडौं – चालू आर्थिक बर्षको ३ महिनामा मात्र विदेशमा २ सय १६ नेपाली युवाको मृत्यु भएको समाचार आजको कारोबारमा छापेको छ ।

मृतकका परिवारलाई सरकारले १५ करोड १२ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको तथ्यांक छ । 

आर्थिक सहायता लिने मृतकको संखया हेर्दा विदेशमा मृत्यु हुने नेपालीको संख्या बढ्दै गइरहेको छ ।

रोजगारीको क्रममा विदेशमा हुने मृत्युलाई न्यूनीकरण गर्ने कार्यक्रम प्रभावकारी हुन नसक्दा क्षतिपूर्ति र सहायता रकम बर्सेनी बढ्दै गइरहेको छ ।

सरकारबाट आर्थिक सहायता लिने परिवारको संख्या हेर्दा ३ महिनामा मासिक औषत ७२ युवाको रोजगारीकै क्रममा मृत्यु हुने गरेको डरलाग्दो तथ्यांक देखिन्छ ।

सरकारले आवेदन दिने युवाका परिवारलाई आर्थिक सहायतास्वरुप प्रतिव्यक्ति ७ लाख रुपैयाँ दिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू