अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३२ | Colorodo: 10:47

जम्मू–कश्मीरमा भारतीय जनता पार्टीका नेता परिहारको गोली हानी हत्या

बिआरटीनेपाल २०७५ कार्तिक १६ गते ८:१९ मा प्रकाशित

भारतको जम्मू–कस्मिर राज्यका भारतीय जनता पार्टी (बीजेपी)का सचिव अनिल परिहार र उहाँका भाइको गोली हानी हत्या गरिएको छ । विहिबार साँझ जम्मू–कस्मिरको किश्तवाडमा बीजेपी सचिव परिहार र उहाँका भाइको गोली हानी हत्या भएको हो ।

किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ । जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाले आतंककारी समूहले गोली प्रहार गरेको बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू