अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४० | Colorodo: 22:55

गजल

हरि उप्रेती २०७५ कार्तिक १५ गते २२:४४ मा प्रकाशित

आजकाल नरपिसाच हरू चेलीको अस्मिता लुट्ने दाउमा छन्
सामन्तीको भरिया भएका चेलीहरू दुखै दुखको तलाउमा छन्

आफन्तलाई मुटु मिचेर चटक्क बिर्सन बाध्य ती तमाम युवहरु
आज भोलि सपनाको झोला बोकी समुन्द्रमाथि को नाउमा छन्

आधा पेट खाएर दिनभर रोजगारको भोकमारीमा परेका किसानहरू
कतै आँधी हुरी कतै साउने भेल र पहिरोको विकराल डुबाउमा छन्

सुन्दर घर बनाउने अनि मायाको फुल फुलाउने सपनाका प्रेमीहरू
यतै कतै आजभोलि सामाजिक अवहेलनाले सम्बन्ध छुटाउमा छन्

डाक्टर अनि ईन्जिनियार बन्ने सपना बोकेकेका ती नाबालक हरू
गिद्धले सिनो खोजे झै सिनो खोज्ने नरभक्षी सँग अस्मिता बुजाउमा छन्

शान्तिको बिगुल फुक्ने ती महान् देशभक्ति रक्षकहरू आज भोलि
भाइचारा र सद्भाव बिथोल्ने बिद्रोहीको चपेटा र समाज जुधाउमा छन्