अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०० | Colorodo: 23:15

भूतपूर्व गोर्खाको माग संबोधन नभएको भन्दै गेसोद्वारा दबाब अभियान घोषणा

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते १०:१५ मा प्रकाशित

बेलायत सरकारले आफ्नो पूर्व प्रतिबद्धता अनुरुप गोरखाहरुको समस्या सम्बोधन नगरेको भन्दै गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले दबाब अभियान घोषणा गरेको छ । नेपाल सरकार, बेलायत सरकार र गोरखाहरुको प्राबिधिक समितिले तयार पारेको प्रतिवेदन अनुसार माग सम्बोधनमा ढिलाइ भएको भन्दै गेसोले दबाबका कार्यक्रम घोषणा गरेको हो ।

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गेसोले एक महिने अभियानका कार्यक्रमहरु घोषणा गरेको छ । बेलायत सरकारले गरेको प्रतिबद्धता अनुसार वार्ता समिति बनाएर माग सम्बोधनका लागि दबाब दिन नयाँ अभियान सुरु गरिएको गेसो सभापति कृष्णकुमार राईले बताउनुभयो । नेपाल सरकारले समस्या सम्बोधनको निम्ति तिव्र पहल गरेको भएपनि बेलायतले बिलम्ब गरेको गेसोको भनाई छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघ महासभाको ७३औँ अधिवेशनको क्रममा बेलायती प्रधानमन्त्री थेरेसा मेसँग भेटवार्ता गरेर गोरखाहरुको समस्या सम्बोधन गरीदिन आग्रह गरेको उल्लेख गर्दै गसोले सरकारको कदमको प्रशंसा समेत गरेको छ ।

गेसोले नेपाल सरकार र बेलायत सरकारसँग एक एक बुँदे माग राखेको छ । बेलायत सरकारलाई प्रतिवेदन पाएको जानकारी दिदैं एकतर्फी रुपमा भए पनि तत्काल वार्ता समिति निर्माण गरेर वार्ताका लागि कुटनीतिक पहल गर्न नेपाल सरकारसँग गेसोको माग रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू