अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

इन्डोनेसियामा दुर्घटनाग्रस्त लायन एयर विमानको ‘ब्ल्याक बक्स’ भेटियो

बिआरटीनेपाल २०७५ कार्तिक १५ गते ९:३८ मा प्रकाशित

इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर बिमानको ब्ल्याक बक्स फेला परेको छ । जेटबाट एउटा ब्ल्याक बक्स फेलापरेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले जानकारी दिएका छन् । लायन एयरको नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त ब्ल्याक बक्सले मद्दत गर्ने अधिकारीहरुले विश्वास लिएका छन् ।

समितिका प्रमुख सोरजान्तो जाहजोनोले खोज तथा उद्धार टोलीले फेला पारेको ब्ल्याक बक्स एफडीआर (फ्लाइट डाटा रेकर्डर) हो वा सीभीआर (ककपिट भ्वाइस रेकर्डर) हो भन्ने अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । बिमानको ब्ल्याक बक्समा विमानको गति, उचाइ र दिशाका साथै चालक दलका सदस्यहरुको कुराकानी जस्ता महत्वपूर्ण जानकारीहरु सङ्ग्रहित हुन्छन् ।

केही महिना अघिदेखि मात्र प्रयोगमा ल्याइएको नयाँ बोइङ–७३७ म्याक्स ८ विमान गत सोमबार इन्डोनेसियाको उत्तरी तटीय क्षेत्रको जाभा समुद्रमा खसेको थियो । उक्त दुर्घटनामा विमानमा सवार सबै १ सय ८९ जनाको मृत्यु भएको थियो । इन्डोनेसियाको खोज तथा उद्धार टोलीले विमानको मुख्य भाग र त्यहाँ सवार व्यक्तिहरुको खोजी गरिरहेका छन् । उनीहरुले केही व्यक्तिका टुक्राटुक्रा भएका शरीरका विभिन्न भाग सङ्कलन गरेको र परीक्षण पश्चात सम्बन्धित परिवारजनलाई जिम्मा लगाइने तयारी भइरहेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू