अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४९ | Colorodo: 20:04

नेकपाको चियापानमा प्रचण्ड-नेपालबीच यस्तो ठट्टा

बिआरटीनेपाल २०७५ कार्तिक ११ गते १९:०२ मा प्रकाशित

बैठक कहिले बस्छ ? कार्यक्रम मिलाउनुपर्ने हुन्छ : नेपाल
फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ? :  प्रचण्ड

चियापानकै क्रममा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच राजनीतिक ठट्टा चल्यो । आगन्तुकलाई स्वागत गर्नमै व्यस्त रहेका प्रचण्ड र नेपालले केहीबेर पार्टीको केन्द्रीय सचिवालय र स्थायी समिति बैठकबारे छलफल गरे । छलफलकै क्रममा ठट्टा चल्यो । ‘सचिवालय र स्थायी समितिको बैठक बस्छ कि बस्दैन, के भइरहेको छ ?

नत्र मैले पूर्वनिर्धारित कार्यक्रमहरूको सेड्युल हेरेर मिलाउनुपर्ने हुन्छ’, नेपालले प्रचण्डसँग जिज्ञाशा राखे । ठट्टा गर्दै प्रचण्डले व्यंग्यात्मक जवाफ फर्काए, ‘होइन, तपाईं फेरि विदेश जाँदै हुनुहुन्छ कि क्या हो ?’ प्रचण्डको ठट्टालार्य सहज रुपमा लिंदै नेपालले फेरि भने, ‘विदेश नै जानुपर्छ भन्ने छैन, स्वदेशमै पनि थुप्रै कार्यक्रम हुन्छन् । सेड्युल मिलाउन सजिलोका लागि सोधेको हुँ ।’

उनले १२ र १३ कात्तिकका लागि तोकिएको स्थायी समिति बैठक नबस्ने भए बाराको निजगढस्थित अन्तर्राष्ट्रिय बिमानस्थलको ‘फिल्ड भिजिट’ जाने योजना रहेको प्रचण्डलाई सुनाएका छन् । जवाफमा प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थाअनुसार बैठकबारे निश्चित हुनसक्ने जवाफ फिर्काए ।यसअघि नेता नेपाल विदेश भ्रमणमा रहेका बेला ५ असोजमा पार्टी केन्द्रीय सचिवालय बैठकले गरेको एकतासम्बन्धि निर्णयमा विवाद भएको छ । नेपालले उक्त निर्णयमा फरक मत राख्दै आएका छन् । त्यसैतर्फ इंगित गर्दै प्रचण्डले ठट्टा गर्दै व्यंग्य गरेका हुन् । आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू