अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२८ | Colorodo: 19:43

सिके राउत समूहको गतिविधि नियन्त्रण गर्न ‘स्पेसल टास्क फोर्स’

बिआरटीनेपाल २०७५ कार्तिक १० गते २०:३७ मा प्रकाशित

काठमाडौं – स्वतन्त्र तराईको माग गर्दै आएको सिके राउत समूहको गतिविधि नियन्त्रण तथा त्यसमा संलग्न व्यक्तिको खोजी गर्न नेपाल प्रहरीले छुट्टै ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको छ । 

केही दिनयता तराईमा सिके राउत समूहले सञ्चालन गरेको गतिविधि समेटिएको भिडियो रेकर्ड प्रहरी प्रधान कार्यालयमा आइपुगेपछि ‘स्पेसल टास्क फोर्स’ निर्माण गरेको समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रदेश प्रमुखको जिम्मेवारी लिएर कार्यक्षेत्रमा जान लागेका डिआइजीलाई केही दिन अघि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले प्रदेश प्रहरी प्रमुखको भूमिका प्रभावकारी नभएको र संविधानविपरीत काम गर्ने तत्व सलबलाएकाले सचेत हुन निर्देशन दिएका थिए ।

सो अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख एआइजी पुष्कर कार्कीले पनि सिके राउत समूहको गतिविधि पूर्ण रुपमा नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू