अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४२ | Colorodo: 22:57

जस्मिन लिम्वु नेपाल आइडलबाट बाहिरिइन्

बिआरटीनेपाल २०७५ कार्तिक १० गते ३:५२ मा प्रकाशित

धरानकी जस्मिन लिम्बू नेपाल आइडल सिजन –२ को टप टेनबाट बाहिरिएकी छन् । अघिल्लो हप्ता वाइल्ड कार्डमार्फत कार्यक्रममा पुनः इन्ट्री पाएकी लिम्वु शुक्रवार प्रतियोगितावाट बाहिरिएकी हुन् । यसअघि, बिहीबारको गाला राउन्डमा लिम्वुले ‘तिम्रो लागि सारा संसार भुलाइदिन्छु म’ बोलको गीत गाएकी थिइन् । गायकीमा अलिकति सुर नमिलेको आरोप खेपेकी उनले प्रतिस्पर्धामा आफूलाई अब्बल साबित गर्न भने सकिनन् । शुक्रबारको इपिसोडमा पनि उनले क्रिसलसँगको संयुक्त प्रस्तुतिमा गायकीको तालमेल त्यति राम्रोसंग मिलाउन सकिनन् । जसको कारण उनी प्रतियोगितावाटै वाहिरिनुपरेको हो ।

शुक्रबारको नेपाल आईडल अंकमा नेपाल आइडल सिजन–१ का विजेता बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र सेकेन्ड रनरअप प्रताप दास अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए । आइडलमा पवन गिरीले सर्वाधिक भोट पाए भने बिक्रम बराल र अस्मिता अधिकारी बटम थ्रीमा परेका थिए ।

 

प्रतिक्रिया