अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 07:15

नेपाल दक्षिण एसियाको हव बन्न सक्छ – कुलमान घिसिङ

बिआरटीनेपाल २०७५ कार्तिक ९ गते ८:२५ मा प्रकाशित

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल दक्षिण एसिया क्षेत्रको हव हुनसक्ने बताउनुभएको छ । नेपाल इन्जिनियर एशोशियसनले शुक्रबार ललितपुरमा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले नेपाल दक्षिण एसिया चार्ज गर्ने ब्याट्रीको रुपमा रहेको उल्लेख गर्नुभयो । नेपालले अब लोडसेडिङको चिन्ता भन्दा पनि उत्पादन भएको विद्युत व्यवस्थापन गर्ने चिन्ता लिनुपर्ने अवस्था आएको घिसिङ्गको भनाई छ । बेलुकाको अत्यधिक बिद्युत खपत हुने बेलामा भारतबाट १ सय देखि २ सय मेगावाट बिद्युत आयात भएपनि दिनको अरु समयमा नेपालबाट बिद्युत निर्यात भइरहेको उहाँले वताउनुभयो ।

नेपालमा पहिलोपटक २ सय २० केभीको ढल्केबर लाइन पहिलोपटक चार्ज गरेको बताउँदै निर्देशक घिसिङ्गले तामाकोशी आएपछि भारतसँग जोडिने र नेपालबाट विद्युत निर्यात गर्न सकिने वताउनुभयो । तामाकोशी लगायतका त्रिशुली थ्रिए, कुलेखानी लगायतका आयोजना पाँच छ महिनाभित्र निर्माण सम्पन्न हुने, चिलिमे, तामाकोशी पनि छिट्टै आउने र यी आयोजनाबाट झन्डै ८ सय मेगावाट बिद्युत राष्ट्रिय ग्रिडमा थपिन लागेको उहाँले जानकारी गराउनुभयो ।

निजी क्षेत्रका समेत गरेर १ बर्षमा १ हजार १२ सय मेगावाट बिद्युत आउने अवस्थामा रहेको र यसले नेपालको उर्जा क्षेत्रमा व्यापक उपलब्धी हासिल हुने घिसिङ्गको भनाई छ । अहिले २५ सय मेगावाट बिद्युत उत्पादन हुने आयोजनाहरु निर्माण भइरहेको बताउँदै उहाँले ७५ वटा आयोजना सञ्चालनमा रहेको जानकारी समेत गराउनुभयो ।

यसैवीच, नेपाल विद्युत प्राधिकरणले नेपाललाई सन् २०३० सम्म ११ हजार मेगावाट, सन् २०२५ सम्म ६ हजार मेगावाट बिद्युत आवश्यक पर्ने प्रक्षेपण गरेको छ । सो माग पूरा गर्नका लागि दीर्घकालीन योजनाका साथ प्राधिकरणले काम गरिरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू