अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१४ | Colorodo: 22:29

प्राविधिक कारणले ३ महिनादेखि कर्मचारी बेतलबी

बिआरटीनेपाल २०७५ असोज २९ गते २०:३९ मा प्रकाशित

पोखरा । खारेजीमा परेका तर अन्यन्त्र नखटाइएका कमैचारीले साउन यताको तलब पाएका छैनन् ।

संघबाट खारेजमा परेका कार्यालयमा चालू आर्थिक वर्षका लागि खर्च गर्ने अख्तियारी र बजेट नआएकाले उनीहरु तीन महिना यता बेतलबी बनेको आजको नागरिक दैनिकमा खबर छ ।

संघीय र प्रदेश सरकारबीच जिल्ला तहमा कस्तो संरचना बनाउने भन्ने टुंगो लागेको छैन ।

नयाँ शासकीय संरचनामा प्रदेश र संघको चेपुवामा पर्दा कर्मचारीले जिम्मेवारी समेत पाएका छैनन् ।

कर्मचारीलाई तलब खुवाउन अघिल्लो साता संघीय अर्थ मन्त्रालयको टोली समेत आएको थियो ।

संघीय र पूदेशको अर्थ मन्त्रालय तथा प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयबीच स्थायी कर्मचारीको हकमा सम्बन्धित कार्यालयमा अख्तियारी पठाएर तलब खुवाउने समझदारी भएको थियो ।

तर, सम्बन्धित कार्यालयमा अख्त्यिारी दिने मानिस नभएको हुँदा कर्मचारी तलबविहीन बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू